युएईमा जारी एकदीवसीय यु १९ एसिया कपको पहिलो खेलमा अफगानिस्तान ५२ रनमा समेटिएको छ।
दुबईस्थित आईसिसी २ मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरको खेलमा २३.१ ओभरमा सबै विकेट गुमाउँदै ५२ रनमा समेटियो।
उसका लागि नाङ्गे यालिया खरोतेले सर्वाधिक १५ रन बनाउनुबाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो संख्यामा रन बनाउन सकेनन्।
पाकिस्तानका लागि अहमेद खानले सर्वाधिक ३ विकेट लिए।
प्रतियोगिता अन्तर्गत आज श्रीलंका र कुवेत तथा युएई र भारत भिडिरहेका छन्। नेपाल र बंगलादेशबीच भोलि खेल हुने कार्यक्रम रहेको छ।