एसिसी यू-१९ एसिया कपमा बंगलादेशले नेपाललाई २९८ रनको लक्ष्य दिएको छ।
शारजाहमा टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले ४ विकेटको क्षतिमा २९७ रन जोड्यो।
बंगलादेशका लागि प्रन्तिक नविलले उत्कृष्ट ब्याटिङ गरे। शतक प्रहार गरेका उनले नटआउट १२७ रन जोडे। त्यसक्रममा उनले ११२ बल खेलेर ११ चौका १ छक्का हिर्काए।
यस्तै ओपनरद्वय महफिजुल इस्लाम १७ रन र इफ्ताखेर हुसेनले २१ रनको योगदान दिए। मोहमद फहिमले रिटायर्ड हर्ट हुनुअघि ५४ बलमा ५८ रन जोडे। मेहरुब हसन २१ रनमा आउट भए।
बलिङमा नेपालका गुलशन झा, तिलकराज भण्डारी र मोहमद आदिलले १-१ विकेट लिए।
समूह 'बी' मा रहेको नेपालले दोस्रो खेल आगामी आइतबार श्रीलंकासँग खेल्नेछ।