महावीर क्लबले प्रधानमन्त्री कप प्रतियोगिताअन्तर्गत काठमाडौं छनोटको उपाधि जितेको छ।
शुक्रबार भएको फाइनल भिडन्तमा महावीरले बालुवाटार क्रिकेट एकेडेमीलाई १२ रनले हरायो।
पहिले ब्याटिङ गरेको महावीरले २० ओभरमा ९ विकेटको क्षतिमा ११३ रन जोड्यो।
महावीरका लगि सुमन उदयले ३३ रन जोडे। बलिङमा बालुवाटारका सोनु तामाङले ३ विकेट लिए।
११४ रनको लक्ष्य पछ्याएको बालुवाटारले ९ विकेटको क्षतिमा १०१ रन मात्र जोड्न सक्यो।
उसका लागि जाभयाङ लामाले २२ रन जोडे। बलिङमा महावीरका उज्वल थापाले ३ विकेट लिए।
महावीरका सुमन उदय प्लेयर अफ दि फाइनल भए।