एसिसी यू-१९ एसिया कपमा नेपाललाई श्रीलंकाले ३२३ रनको लक्ष्य दिएको छ। युएईको शारजाहमा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ४ विकेटको क्षतिमा ३२२ रन जोड्यो।
श्रीलंकाका लागि दुई ब्याट्सम्यानले शतक प्रहार गरे।
ओपनर चामिदु विक्रमासिंघले १११ रनको योगदान दिए। उनले १२६ बलमा ८ चौका र २ छक्का प्रहार गरे।
यस्तै सदिशा राजापाक्षले पनि शतक हिर्काए। उनले १३१ रन जोडे। ११९ बल खेलेका उनले ११ चौका र २ छक्का हिर्काए।
बलिङमा नेपालका मोहमद आदिलले २ विकेट लिए। कप्तान देव खनाल र विवेक यादवले १-१ विकेट लिए।
यसअघि नेपालले पहिलो खेलमा बंगलादेशसँग १५४ रनको फराकिलो अन्तरको हार बेहोरेको थियो।
सेमिफाइलमा पुग्न नेपाललाई आजको खेलमा जितको आवश्यकता छ।
समूह ‘बी’ रहेको नेपालले अन्तिम खेलमा मंगलबार कुवेतसँग खेल्नेछ।