एसिसी यू-१९ एसिया कपअन्तर्गत श्रीलंकाविरूद्ध नेपालका विकेटकिपर ब्याट्सम्यान अर्जुन साउदले अर्धशतक प्रहार गरेका छन्।
श्रीलंकाले दिएको ३२३ रनको लक्ष्य पछ्याउने क्रममा ब्याटिङ गरिरहेको नेपालका साउदले रनटआउट हुनुअघि ६४ रन जोडे। उनले ८० बलमा ३ चौका र २ छक्का हिर्काए।
जारी खेलमा नेपालले ४१ ओभर चल्दै ६ विकेटको क्षतिमा २१० रन जोडेको छ।
नेपालका ओपनरद्वय सन्तोष कार्की ३४ रन र देव खनाल २८ रन जोडेर आउट भएका छन्। बसन्त कार्की १ रन र विवेक रानामगर २ रनमा आउट भए। बासिर अहमेदले ४३ रनको योगदान दिए।
अहिले विवेक यादव र गुल्शन झा ब्याटिङ गरिरहेका छन्।
त्यसअघि युएईको शारजाहमा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ४ विकेटको क्षतिमा ३२२ रन जोड्यो।
श्रीलंकाका लागि दुई ब्याट्सम्यानले शतक प्रहार गरे।
ओपनर चामिदु विक्रमासिंघले १११ रनको योगदान दिए। उनले १२६ बलमा ८ चौका र २ छक्का प्रहार गरे।
यस्तै सदिशा राजापाक्षले पनि शतक हिर्काए। उनले १३१ रन जोडे। ११९ बल खेलेका उनले ११ चौका र २ छक्का हिर्काए।
बलिङमा नेपालका मोहमद आदिलले २ विकेट लिए। कप्तान देव खनाल र विवेक यादवले १-१ विकेट लिए।
यसअघि नेपालले पहिलो खेलमा बंगलादेशसँग १५४ रनको फराकिलो अन्तरको हार बेहोरेको थियो।
सेमिफाइलमा पुग्न नेपाललाई आजको खेलमा जितको आवश्यकता छ।
समूह ‘बी’ रहेको नेपालले अन्तिम खेलमा मंगलबार कुवेतसँग खेल्नेछ।