नेपाल क्रिकेट संघ (क्यान)को छनोट समितिले प्रशिक्षक पुबुदु दसानायकेको समन्वयमा ३० सदस्यीय प्रारम्भिक टिम घोषणा गरेको छ। दसानायकेले यसअघि नै कप्तान सन्दीप लामिछाने हुने बताएका थिए। क्यानलाई कप्तान परिवर्तन गर्ने अधिकार भएको उनको भनाइ थियो। क्यानले यसअघि ज्ञानेन्द्र मल्लको स्थानमा सन्दीपलाई कप्तान बनाउने निर्णय गरेकोे थियो।
क्यानले टी-२० विश्वकप छनोट प्रतियोगिताका लागि प्रारम्भिक टिम घोषणा गरेको हो।
टिमको बन्द प्रशिक्षण शनिबारदेखि सुरू हुने छ। विश्वकप छनोट आगामी फेब्रुअरीमा ओमानमा हुँदैछ।
को-को परे?
- सन्दीप लामिछाने
- ज्ञानेन्द्र मल्ल
- दीपेन्द्रसिंह ऐरी
- शरद भेसवाकर
- करण केसी
- सोमपाल कामी
- मोहम्मद आरिफ शेख
- विनोद भण्डारी
- कुशल मल्ल
- कुशल भुर्तेल
- मोहम्मद असिफ शेख
- कमलसिंह ऐरी
- सहाब आलम
- सुन्दीप जोरा
- अविनाश बोहरा
- सुसन भारी
- पवन सराफ
- विक्रम सोब
- भीम सार्की
- रोहितकुमार पौडेल
- प्रदीप ऐरी
- गुल्सानकुमार झा
- नन्दन यादव
- जितेन्द्रकुमार मुखिया
- विवेककुमार यादव
- सौरभकुमार खनाल
- राजेश पुलामीमगर
- किशोर महतो
- सागर ढकाल
- हरिशंकर साह