आगामी फेब्रुअरीमा ओमानमा हुने आइसिसी टी-२० विश्वकप छनोटको तयारीका लागि प्रधानमन्त्री कपलाई टी-२० फर्म्याटमा खेलाइने भएको छ।
यसअघि एकदिवसीय फर्म्याटमा हुँदै आएको प्रतियोगिता यसपटक भने टी-२० फर्म्याटमा हुने भएको हो। यसका लागि राष्ट्रिय खेलकुद परिषद्ले अनुमति दिएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।
क्यानका अनुसार विश्वकप छनोटको तयारीका लागि प्रधानमन्त्री कपलाई टी-२० फर्म्याटमा झारिएको हो।
प्रतियोगितमा १० टिमबीच प्रतिस्पर्धा हुँदैछ।
समूह ‘ए’ मा त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, नेपाल पुलिस क्लब, सुदूरपश्चिम प्रदेश र प्रदेश १ परेका छन्।
यस्तै समूह ‘बी’ मा नेपाल एपिएफ क्लब, प्रदेश २, बागमति प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ।
खेलहरू त्रिवि मैदान कीर्तिपुर र मूलपानी मैदानमा हुनेछन्।
आगामी सोमबारदेखि हुने प्रतियोगिताको पहिलो दिन नै त्रिवि र मुलपानीमा दुई दुई गरी चार खेल हुनेछन्।
९ दिन चल्ने प्रतियोगिताको समूहका शीर्ष दुई टिम सेमिफाइनलमा पुग्नेछन्। फाइनल माघ ५ गते हुनेछ।
खेल तालिका