दक्षिण अफ्रिकाले तेस्रो तथा निर्णायक टेस्टमा भारतलाई ७ विकेटले हराएको छ।
पहिलो टेस्ट गुमाए पनि त्यसपछि लगातार दुई जितसँगै घरेलु टोलीले तीन टेस्ट खेलको सिरिज २-१ ले जितेको हो।
सिरिजमा भारतले अग्रता लिए पनि जोगाउन भने सकेन। यसपालि उसलाई दक्षिण अफ्रिकामा पहिलोपटक टेष्ट सिरिज जित्ने मौकासमेत थियो ।
भातले दिएको २ सय १२ रनको सामान्य लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले चौथो दिन ६३.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। उसका लागि किगन पिटरसनले सर्वाधिक ८२ रन बनाए। यो टेस्ट करियरकै उच्च प्रदर्शन गर्ने क्रममा उनले १ सय १३ बलमा १० चौका प्रहार गरेका थिए।
रास्सी भान डर डुसेन ४१ र टेम्बा बभुमा ३२ रनमा अविजित रहे। तेस्रो दिनको अन्तिम समयमा कप्तान डिन एल्गर ३० रनमा क्याच आउट भएका थिए। ओपनर एडेन माक्ररमले १६ रन जोडेका थिए।
भारतका लागि मोहम्मद शामी, शार्दुल ठाकुर र जस्प्रित बुमराहले १–१ विकेट लिए।
त्यसअघि भारत दोस्रो इनिङमा ६७.३ ओभरमा १ सय ९८ रनमा अल आउट भएको थियो। पहिलो इनिङमा १३ रनको अग्रता लिएको भारतले समग्रमा २ सय १२ रनको विजयी लक्ष्य प्रस्तुत गरेको थियो।
त्यसअघि भारत दोस्रो इनिङमा १ सय ९८ रनमा अल आउट भयो। पहिलो इनिङमा १३ रनको अग्रता लिएको भारतले समग्रमा २ सय १२ रनको विजयी लक्ष्य प्रस्तुत गरेको हो।
भारतका लागि विकेटकिपर ऋषभ पन्तले सतकीय पारी खेले। करियरकै चौथो सतक प्रहार गर्ने क्रममा पन्तले १ सय ३९ बलमा ६ चौका र ४ छक्का प्रहार गर्दै १०० रन बनाएर आउट भए।
कप्तान विराट कोहलीले २९ र के एल राहुलले १० रन बनाउनुबाहेक अन्य कुनै पनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्।
मयंक अग्रवाल ७, चेतेश्वर पुजरा ९, अजिंक्या रहाणे १, रविचन्द्रन आश्विन ७ र शार्दुल ठाकुर ५ रनमा आउट भए।
दक्षिण अफ्रिकाका मार्को ज्यानसनले सर्वाधिक ४ विकेट लिए । कागिसो रबाडा र लुन्गी एनगिडीले समान ३–३ विकेट हात पारे।
यसअघि भारतसँगको टेष्ट सिरिजको तेस्रो तथा निर्णायक खेलमा दक्षिण अफ्रिका आफ्नो ७३.३ ओभरमा सबै विकेट गुमाउँदै २ सय १० रनमा अलआउट भयो।
उसका लागि कीगन पीटरसनले अर्धशतकीय पारी खेले । उनले १ सय ६६ बलमा ९ चौकाको मद्दतमा ७२ रन बनाए । त्यस्तै, टेम्बा बबुमाले २८, केशव महाराजले २५, रस्सीभ्यानडर दुसेनले २१, कागिसो रबाडाले १५ र डुआन ओलिभरले अविजित १० रन बनाए ।
बलिङमा जसप्रीत बुमराहले उत्कृष्ट बलिङ गरे । उनले २३.३ ओभरमा ८ मेडनसहित ४२ रन खर्चिएर पाँच विकेट हात पारे। त्यस्तै, मोहम्मद शामी, उमेश यादवले दुई/दुई र शार्दुल ठाकुरले एक विकेट लिए ।
त्यसअघि भारत आफ्नो पहिलो पारीमा २ सय २३ रनमै अलआउट भएको थियो।
केप टाउनमा टस जितेर पहिला ब्याटिङ रोजेको भारत ७७.३ ओभरमा सबै विकेट गुमाउँदै २ सय २३ रन बनाएर अलआउट भएको हो ।
उसका लागि कप्तान विराट कोहलीले अर्धशतकीय पारी खेले । उनले २ सय १ बलमा १२ चौका र एक छक्काको मद्दतमा ७९ रन बनाए ।
त्यस्तै, चेतेश्वर पुजाराले ४३, ऋषभ पन्तले २७, मयंक अग्रवालले १५, शार्दुल ठाकुर, केएल राहुलले १२/१२, अजिंक्य रहाणेले ९, रविचन्द्रन आश्विनले २, जसप्रीत बुमराहले शून्य, मोहम्मद शामीले ७ र उमेश यादवले अविजित ४ रन बनाए ।
बलिङमा कगिसो रबाडाले २२ ओभरमा चार मेडनसहित ७३ रन खर्चिएर सर्वाधिक चार विकेट हात पारे । त्यस्तै, मार्को जेन्सेनले तीन, डुआन ओलिभर, केशव महाराज र लुंगी एनगिडीले एक/एक विकेट लिए ।