नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी कप्तान रुबिना क्षेत्रीले हङकङको टी-२० फ्रेञ्चाइज क्रिकेट प्रतियोगिता खेल्ने भएकी छिन्।
फेयर ब्रेक इन्भिटेसनल २०२२ प्रतियोगिताका लागि रुविना छनोट भएकी हुन्।
फेयर ब्रेक इन्भिटेसनल २०२२ अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बाट मान्यताप्राप्त महिला टि-२० क्रिकेट प्रतियोगिता हो।
यो प्रतियोगिता आगामी मे १ देखि मे १५ हुनेछ। ६ टिम सम्मिलित प्रतियोगितामा भारतकी हर्मप्रित कौर, पाकिस्तानकी सना मिर जस्ता विश्वका चर्चित खेलाडीहरूको सहभागिता रहनेछ।
लैङ्गिक समानता र महिलालाई समाजको मूलधारमा ल्याउने उदेश्यका साथ यस प्रतियोगिता आयोजना हुँदैछ।
प्रतियोगिताका लागि यसअघि राष्ट्रिय टिमकी उपकप्तान सीता राना मगर पनि छनोट भएकी थिइन्।
दुवै जनाको पारिश्रमिक ५ हजार डलरको हाराहारीमा हुने र थप म्याच फि पाउने बताइएको छ।
दुवैले प्रतियोगितामा कुन टोलीबाट खेल्ने भन्ने बारे टुंगो लाग्न बाँकी छ।