सुर्खेत जिल्ला क्रिकेट संघको नयाँ कार्य समिति चयन गरिएको छ।
संघको बिहीबार सम्पन्न चुनावी साधारण सभाले १५ सदस्यीय कार्य समिति चयन गरेको हो।
पदाधिकारी तथा सदस्यहरू सर्वसम्मत चयन गरिएको जिल्ला अधिवेशन निर्वाचन समितिको कार्यालयले जनाएको छ।
संघको अध्यक्षमा श्रीधर केसी चयन भएका छन्। यस्तै, उपाध्यक्षमा श्यामकुमार थापा, सचिवमा प्रकाश भुषाल, कोषाध्यक्षमा रुद्र भण्डारी चयन भएका छन्।
सदस्यहरूमा पदमबहादुर खड्का, नरेशसिंह थापा, सूर्य थापा, रमेश शाही, विश्व भारती, नगेन्द्र उपाध्याय, जनक विक्रम शाही, भुवन कोइराला, रोशन शाही, बिदूर केसी, सम्राट राई चयन भएका छन्।