नेपालले आइसिसी टी-२० विश्वकपको विश्व छनोटअघि टी-२० सिरिज खेल्ने भएको छ। ओमानमा हुने सिरिजमा नेपालले युएई, आयरल्यान्ड र घरेलु टिमसँग प्रतिस्पर्धा गर्ने भएको हो।
विश्वकपअघि नेपालले तयारीस्वरुप सिरिज खेल्न लागेको हो। सिरिज माघ २८ सुरु भएर फागुन २ मा सकिनेछ। नेपालले पहिलो खेल माघ २८ मा ओमान, दोस्रो खेल माघ २९ मा युएई र तेस्रो खेल फागुन २ मा आयरल्यान्डसँग खेल्नेछ।
नेपाल विश्व छनोटको समूह ‘ए’ मा छ । यो समूहलाई पनि दुई समूहमा विभाजन गरी प्रतियोगिता गरिनेछ । समूह २ मा नेपालले घरेलु टोली ओमान, क्यानडा र फिलिपिन्ससँग खेल्नेछ। समूह १ मा जर्मनी, आयरल्यान्ड, बहराइन र यूएई छन्। प्रतियोगिता फागुन ३ देखि १२ सम्म हुनेछ।
नेपालले फागुन ६ मा ओमानसँग, फागुन ७ मा फिलिपिन्स र फागुन ९ मा क्यानडासँग खेल्नेछ।
समूहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन्। विश्वकप क्वालिफायरको समूह ‘ए’ बाट दुई टोलीले अक्टोबरमा अस्ट्रेलियामा हुने विश्वकपमा स्थान बनाउने छन्।