आइपिएल २०२२ को मेघा अक्सनका लागि नाम दर्ता गराएका नेपाली खेलाडीको नाम सार्वजनिक गरिएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले १५ नेपाली खेलाडीको नाम सार्वजनिक गरेको हो।
जसमा आसिफ शेख, पवन सराफ, सन्दीप जोरा, कुशल भुर्तेल, रोहित पौडेल, सुशन भारी, आरिफ शेख, अभिनास बोहरा, विनोद भण्डारी, शरद भेषवाकर, कुशल मल्ल, करण केसी, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने छन्।
यसअघि आइपिएल २०२२ को मेघा अक्सनका लागि १२ सय १४ खेलाडीले नाम दर्ता गराएको आइपिएलले जनाएको थियो।
जसमा ८९६ भारतीय र ३१८ विदेशी खेलाडीले नाम दर्ता गराएका छन्।
मेघा अक्सन आगामी फेब्रुअरी १२ र १३ मा हुनेछ।
मेघा अक्सनबाट १० टिमले खेलाडी छनोट गर्नेछन्। एक टिमले २५ खेलाडी टिममा राख्न पाउनेछन्।
यो निमयअनुसार बढीमा २१७ खेलाडी अक्सनबाट छनोट हुनेछन्। जसमा ७० बढी विदेशी खेलाडी अक्सनबाट छनोट हुनेछन्।
आइपिएल अक्सनमा नेपालसहितका ८ एसोसिएट टिमका खेलाडीले नाम दर्ता गराएका छन्।
नेपालसहित भुटानबाट १ जना, नामिबियाबाट ५ जना, नेदरल्यान्ड्सबाट १ जना, युएईबाट १ जना, ओमानबाट ३ जना, स्कटल्यान्डबाट १ जना र अमेरिकाबाट १४ जना खेलाडीले नाम दर्ता गराएका छन्।
यसअघि आइपिएल टिमले ३३ खेलाडी रिटेन गरेका थिए।