वेस्ट इन्डिजले इंग्ल्यान्डविरूद्ध टी–ट्वान्टी सिरिजमा सानदार जित निकालेको छ।
ब्रिजटाउनमा भएको पहिलो खेल घरेलु टोली इङ्ल्याण्डलाई ९ विकेटले हराउँदै पाहुना टोली वेस्ट इन्डिजले ५ खेलको सिरिजमा १-० ले अग्रता बनाएको हो।
इङ्ल्याण्डले जितका लागि दिएको १०४ रनको सामान्य लक्ष्य वेष्टइन्डिजले मात्र एक विकेट गुमाएर १७ दशमलब १ ओभरमा पुरा गर्यो ।
वेस्ट इन्डिजका लागि ब्रान्डन किंगले अविजित रहदै सर्वाधिक ५२ रन बनाए। उनले ४९ बलमा चार चौका र एक छक्का हिर्काएका थिए।
यस्तै निकोलास पुरन २९ बलमा २७ रन बनाउँदै अविजित रहँदा शाई होप २० रनमा आउट भएका थिए।
इंग्ल्यान्डका लागि एकमात्र विकेट आदिल रसिदले लिए।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोलीले इंग्ल्यान्डले १९ दशलमब ४ ओभरमा अलआउद हुदै १ सय ३ रन बनाएको थियो।
उसका लागि क्रिस जोर्डनले सर्वाधिक २८ रन बनाए । उनले २३ बलको सामना गर्दा ३ छक्का प्रहार गरेका थिए।
यस्तै आदिल रसिदले २२ रन बनाउँदा कप्तान इयान मोर्गनले १७ तथा जामेस भिन्सले १४ रन बनाए।
वेस्ट इन्डिजका जासन होल्डर सर्वाधिक ४ विकेट लिएका थिए ।
सेल्डन कट्रेलले २ तथा अकिल होसेन, रोमारियो शेफर्ड र फावियन अलेनले एक–एक विकेट हात पारे ।
पाँच खेलको टि-२० सिरिजको दोस्रो खेल सोमबार हुनेछ।