पहिलो एकदिवसीय खेलमा वेस्ट इन्डिजले घरेलु टिम भारतलाई १७७ रनको लक्ष्य दिएको छ।
अहमदाबादमा टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिज ४३.५ ओभरमा १७६ रनमा अलआउट भयो।
वेस्ट इन्डिजका लागि जासन होल्डरले सबैभन्दा बढी ५७ रन जोडे। उनले ७१ बलमा ४ चौका हिर्काए। फाबियन हुसेनले २९ रनको योगदान दिए।
त्यसअघि वेस्ट इन्डिजले २२ ओभरमा ७ विकेट गुमाउँदा ७९ रन मात्र जोडेको थियो।
वेस्ट इन्डिजका ओपनर साइ होप ८ रनमा आउट हुँदा ब्रान्डन किङ १३ रन, ड्यारेन ब्राभो १८ रन, शाराह ब्रुक्स १२ रन, कप्तान केइरन पोलार्ड ० मा आउट भए।
बलिङमा भारतका युजभेन्द्र चाहलले ४ विकेट लिए। वासिङटन सुन्दरले ३ विकेट लिए। प्रसिद्ध कृष्णले २ विकेट हात पारे।