पहिलो एकदिवसीय खेलमा वेस्ट इन्डिजमाथि घरेलु टिम भारतले सहज जित हात पारेको छ। आइतबार भएको खेलमा भारतले वेस्ट इन्डिजलाई ६ विकेटले हरायो।
१७७ रनको लक्ष्य भारतले ४ विकेटको क्षतिमा २८ ओभरमा पूरा गर्यो। भारतका लागि कप्तान रोहित शर्माले ६० रन जोडे भने इशान किसनले २८ रन बटुले।
विराट कोहली ८ रन र रिशव पन्त ११ रनमा आउट भए। सूर्यकुमार यादवले नटआउट ३४ रन र दीपक हुडाले नटआउट २८ रन बटुले।
बलिङमा वेस्ट इन्डिजका अल्जारी जोसेफले २ विकेट लिए।
त्यसअघि अहमदाबादमा टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिज ४३.५ ओभरमा १७६ रनमा अलआउट भयो।
वेस्ट इन्डिजका लागि जासन होल्डरले सबैभन्दा बढी ५७ रन जोडे। उनले ७१ बलमा ४ चौका हिर्काए। फाबियन हुसेनले २९ रनको योगदान दिए।
त्यसअघि वेस्ट इन्डिजले २२ ओभरमा ७ विकेट गुमाउँदा ७९ रन मात्र जोडेको थियो।
वेस्ट इन्डिजका ओपनर साइ होप ८ रनमा आउट हुँदा ब्रान्डन किङ १३ रन, ड्यारेन ब्राभो १८ रन, शाराह ब्रुक्स १२ रन, कप्तान केइरन पोलार्ड ० मा आउट भए।
बलिङमा भारतका युजभेन्द्र चाहलले ४ विकेट लिए। वासिङटन सुन्दरले ३ विकेट लिए। प्रसिद्ध कृष्णले २ विकेट हात पारे।