आईसीसी टी-२० विश्वकप क्रिकेटका लागि ग्लोबल छनोट खेल्न ओमान पुगेको नेपाली क्रिकेट टोलीले आज चारदेशीय टी-२० सिरिजको पहिलो खेलिरहेको छ।
सिरिजअन्तर्गत पहिलो खेलमा नेपालले ओमानको सामना गर्न गरिरहेको हो।
खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको छ।
नेपाल र ओमान यसअघि २०१९ मा खेल्दा नेपाल ६ विकेटले पराजित भएको थियो ।
यही सिरिजको दोसो खेलमा नेपालले शनिबार युएई र सोमबार आयरल्यान्डसँग खेल्नेछ।
यो सिरिजलगत्तै नेपालले विश्वकप क्वालिफायर खेल्नेछ।
नेपालले सन् २०१४ को आइसिसी टी-२० विश्वकप खेलेको थियो। सन् २०१३ मा भएको छनोट पार गरेर पहिलो पटक विश्वकप खेलेपछि नेपालमा क्रिकेटको उचाइ ह्वात्तै बढेको थियो।
त्यसयता भने नेपाल विश्वकपमा छनोट हुन सकेको छैन। लगातार दुई पटक विश्व छनोटमा असफल भएको नेपालले आगामी महिना आइसिसी टी-२० विश्वकप २०२२ का लागि विश्व छनोट खेल्दैछ।
ओमानमा आगामी फागुन ६ गतेदेखि हुने प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ। समूह ‘ए’ मा नेपाल र आयोजक ओमानसहित बहराइन, क्यानडा, जर्मनी, आयरल्यान्ड, फिलिपिन्स र युएई गरी आठ टिम छन्।
समूह ‘ए’ लाई पनि समूह १ र समूह २ मा विभाजन गरिएको छ। समूह १ मा नेपाल, ओमान, फिलिपिन्स र क्यानडा छन्। समूह २ मा बहराइन, जर्मनी, आयरल्यानड र युएई रहेका छ्न्।
समूह १ र २ का शीर्ष २-२ टिम सेमिफाइनल पुग्नेछन्। फाइनल पुग्ने दुई टिमले यहि वर्षको अन्त्यमा अस्ट्रेलियामा हुने विश्वकपमा स्थान पक्का गर्नेछन्।
नेपालले विश्वकपमा स्थान पक्का गर्न सुरुमा समूह १ को शीर्ष दुईभित्र पर्नु पर्नेछ, त्यसपछि सेमिफाइनलको खेल जिते नेपाल यही वर्षको अन्त्यमा अस्ट्रेलियामा हुने टी-२० विश्वकपमा छनोट हुनेछ।