आइपिएल २०२२ को मेघा अक्सन दोस्रो दिन विभिन्न १० टिमले खेलाडी आबद्ध गरेका छन्।
जसमा केही खेलाडी रातारात करोडपति बनेका छन्। जसमा वेस्ट इन्डिजका अलराउन्डर ओडिन स्मिथ एक हुन्।
एक करोड भारू न्यूनतम मूल्य भएका स्मिथलाई पञ्जाब किंग्सले ६ करोड भारूमा टिममा भित्र्याएको छ।
अक्सनमा उनलाई पञ्जाबसँगै सनराइजर्स हैदराबाद र लखनउ सुपर जायन्टले बोली लगाएका थिए। जसमा पञ्जाब अघि रहदै टिममा आबद्ध गर्न सफल भयो।
भारतविरूद्धको पछिल्लो एकदिवसीय सिरिजमा स्मिथले अलराउन्ड प्रदर्शन गरेका थिए। दोस्रो एकदिवसीय खेलमा उनले पोलार्डको स्थानमा खेलेका थिए। जसमा उनले ७ ओभरमा २९ रन दिएर २ विकेट लिएका थिए। उनले १० बलमा २४ रन बनाएका थिए। जसमा दुई छक्का समावेश थिए।
तेस्रो एकदिवसीय खेलमा उनले १ विकेट लिँदा १८ बलमा ३६ रन बनाएका थिए। स्मिथ पछिल्लो सिजनमा कोलकता नाइट राइडर्सको नेट बलरको रुपमा टिममा सामेल थिए।