भारतले वेस्टइन्डिजविरूद्धको पहिलो टि २० खेलमा ६ विकेटको सहज जित हात पारेको छ। १ सय ५८ रनको मध्यम लक्ष्य पाएको भारतले १८.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो।
भारतको जितमा कप्तान रोहित शर्माले ४०, सूर्यकुमार यादवले ३४, ईशान किसानले ३५, वैंकटेस ऐरले २४, विराट कोहलीले १७ तथा ऋषव पन्तले ८ रन जोडेका थिए।
वेस्टइन्डिजका स्पिनर रोश्टन चेशले २ तथा शेल्डन कटरेल र फबिएल एलनले १–१ विकेट लिए।
त्यसअघि इडेन गार्डेन कोलकातामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको वेस्टइन्डिजले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५७ रन बनायो। वेस्टइन्डिजका लागि निकोलास पुरनले सर्वाधिक ६१ रनको अर्धसतकीय इनिङ्स खेले। काइल मेयर्सले ३१ रन बनाउँदा कप्तान काइरन पोलार्ड २४ रनमा अविजित रहे।
भारतका लागि रवि विश्रोई र हर्षल पटेल २-२ तथा भुवनेश्वर कुमार, दीपक चाहर र युजभेन्द्र चहलले १–१ विकेट लिए।
योसँगै तीन टि२० आई खेलमा घरेलु टोली भारतले १–० को अग्रता लिएको छ।
दोस्रो खेल शुक्रबार हुनेछ।