ओमानमा जारी आइसिसी विश्वकप छनोट क्रिकेट अन्तर्गत ग्लोबल क्वालिफायरमा नेपालले आठौं सफलता हात पारेको छ।
नेपालका लागि दिपेन्द्र सिंह ऐरीले आठौं सफलता हात पारेका हुन्। उनले १४ औं ओभरको तेस्रो बलमा अमिर कलिमलाई आउट गरेका हुन्। यो सँगै उनले दुई विकेट पुरा गरेका छन्।
ऐरीसँगै कप्तान सन्दिप लामिछानेले पनि २ विकेट लिए। लामिछानेले सातौं सफलता दिलाउने क्रममा १३औं ओभरको चौथो बलमा २४ रन बनाएर खेलिरहेका नसिम खुसीको विकेट लिए।
यसअघि पनि सन्दिपले खावल अलीको विकेट लिएका थिए।
सन्दिप र दीपेन्द्रबाहेक कमल सिंह ऐरी, जितेन्द्र मुखिया र अभिनास बोहोराले १-१ विकेट लिएका छन्।
यसअघि टस हारेर पहिले ब्याटिङ गर्दै नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ११७ रन बनाउँदै ११८ रनको लक्ष्य दिएको थियो।
नेपालका लागि आरिफ शेखले सर्वाधिक ३८ रन बनाए। उनले ३७ बलमा २ चौका प्रहार गरे। यस्तै कप्तान सन्दीप लामिछानेले ७ बलमा १६ रन बनाए।
खराब ब्याटिङ गरेको नेपाली टिमका कुनै पनि खेलाडीबीच गतिलो साझेदारी हुन सकेन।
नेपालका पाँच खेलाडीले मात्र दोहोरो अंक जोड्न सके। नेपालको स्कोर मात्र ६ रन हुँदा पहिलो विकेट गुमेको थियो।
ओपनर आशिफ शेख मात्र चार रनमा आउट भए। त्यसपछि कुशल भुर्तेल पनि ब्यक्तिगत पाँच रनमा आउट भए।
त्यसपछि पूर्व कप्तान ज्ञानेन्द्र मल्ल ब्यक्तिगत १५ रनमा पेभेलियन फर्किए। उनले १५ बलमा दुई चौका प्रहार गरेका थिए। मल्ल आउट हुँदा नेपालको स्कोर बोर्डमा ३३ रन थियो।
नेपालको विकेट झर्नेक्रम यतिमा रोकिएन। ४० रन हुँदा दिपेन्द्रसिंह ऐरी ब्यक्तिगत ११ रनमा आउट भए।
अन्तिममा कप्तान सन्दीप लामिछानेले उत्कृष्ट पारी खेले। उनले सात बलमा एक चौका र एक छक्काको मद्दतमा अविजित १६ रन बनाए।
बलिङमा खवर अलीले तीन, बिलाल खानले दुई तथा फय्याज बट र जिशान मकसूदले एक/एक विकेट लिए।
यो प्रतियोगिता अघि ओमानसँग खेलिएको चार देशीय सिरिजमा नेपालले ओमानलाई ६ विकेटले हराएको थियो।
सोही प्रदर्शन दोहोर्याउने रणनीतिमा हुने छ । आजको खेलमा शरद भेषावकर, गुल्सन झा र सागर ढकाललाई बाहिर राखिएको छ।
नेपालको प्लेयिङ सेट
सन्दीप लामिछाने (कप्तान), ज्ञानेन्द्र मल्ल, आसिफ शेख, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, जितेन्द्र मुखिया, अभिनाश बोहरा, कमलसिंह ऐरी, विवेक यादव र लोकेश बम ।