नेपाली बलरहरूले घातक बलिङ गरेपछि आइसिसी टी–२० विश्वकपको ग्लोबल छनोट अन्तर्गत पहिलो खेलमा नेपालले ओमानलाई ३९ रनले हरायो।
अल अमिरात क्रिकेट मैदानमा नेपालले दिएको ११८ रनको सामान्य लक्ष्य पछ्याएको ओमान १७ ओभरमा सबै विकेट गुमाएर ७८ रनमा समेटियो।
ओमानका नासिम खुशीले १८ बलमा एक चौका र दुई छक्कासहित २४ रनबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन्।
नेपाललाई जिताउन कमल सिंह ऐरीले सर्वाधिक ३ विकेट लिए। जितेन्द्र मुखिया, कप्तान सन्दीप लामिछानेले २-२ विकेट लिँदा अभिनास बोहरा र दिपेन्द्र सिंह ऐरीले १/१ विकेट लिए।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११७ रन बनाएको थियो।
नेपालका लागि आरिफ शेखले सर्वाधिक ३८ रन बनाए। उनले ३७ बलमा २ चौका प्रहार गरे। यस्तै कप्तान सन्दीप लामिछानेले ७ बलमा १६ रन बनाए।
खेलको प्लेयर अफ दि म्याच नेपालका आरिफ शेख भए।
हेर्नुहोस् खेलको तस्बिरहरू :
(सबै तस्बिर सौजन्य : क्यान)