टी-ट्वान्टी विश्वकप क्रिकेटको छनोट अन्तर्गत फिलिपिन्ससँगको खेलमा नेपालले टस हारेर ब्याटिङ गर्ने भएको छ।
नेपालले टिमका मुख्य खेलाडी कमलसिंह ऐरीलाई आराम दिएको छ। त्यस्तै, शुक्रबारको ओमानसँगको खेलमा डेब्यु गरेका विवेक यादव पनि टिममा समेटिएका छैनन्।
नेपाली समय अनुसार ११:४५ मा सुरू हुने खेल ओमानको अलअमिरात क्रिकट मैदानमा हुँदैछ।
समूहको पहिलो खेल खेल्दै शुक्रबार ओमानमाथि रोमाञ्चक जित हासिल गरेको नेपालको दोस्रो खेल खेल्न लागेको हो।
फिलिपिन्सले आफ्नो पहिलो खेलमा क्यानडासँग ११८ रनको पराकिलो हार व्यहोरेको थियो।
नेपाली प्लेइङ सेटमा कुशल भुर्तेल, आसिफ सेख, ज्ञानेन्द्र मल्ल, दिपेन्द्रसिंह ऐरी, आरिफ सेख, लोकेश बम, अभिनास बोहरा, जितेन्द्र मुखिया, कुशल मल्ल, सन्दीप लामिछाने, गुल्सन झा रहेकाछन्।
गुल्सन झा केही दिनअघि मात्र टिममा समावेश भएका हुन्। ओमानमा चार देशीय सिरिजमा करण केसी घाइते भएपछि गुल्सनलाई टिममा समावेश गरिएको हो।