ओमानमा जारी आईसीसी टी-२० विश्वकप छनोटको ग्लोबल छनोटमा नेपालले फिलिपिन्ससँग टस हारेर पहिले ब्याटिङ थालेको छ।
दोस्रो ओभरको पहिलो बलमा नेपालका आशिफ सेख शून्यमा आउट भएका छन्। उनी डेनियल स्मिथको बलमा ल्याबिडब्लु धरापमा परे।
दोस्रो ओभरको अन्त्यमा नेपालले एक विकेट गुमाएर १८ रन जोड्न सफल भएको छ। मैदानमा कुशल भुर्तेल र कुशल मल्ल खेलिरहेका छन्।
ओमानको अल अमरेत क्रिकेट मैदानमा नेपालका लागि आशिफ शेख र कुशल भुर्तेलले ओपनिङमा आएका थिए।