नेपालले चौथो ओभरको दोस्रो बलमा कुशल मल्ललाई गुमाएको छ।
ओमानमा जारी आइसिसी टी-२० विश्वकप छनोटको ग्लोबल छनोटमा नेपालले फिलिपिन्ससँग टस हारेर पहिले ब्याटिङ थालेको छ।
फिलिपिन्सका मुझामिल शहजादको बलमा मिग्गी पोडोस्काईले क्याच गरे। यसअघि दोस्रो ओभरको पहिलो बलमा नेपालले आशिफ सेख शून्यमा गुमाएको थियो।
दिपेन्द्रसिंह ऐरी चौथो नम्बरमा ब्याटिङ गर्न मैदानमा आएका छन्।