ओमानमा जारी आइसिसी टी-२० विश्वकप छनोटको ग्लोबल छनोटमा कुशल भुर्तेलले अर्धशतक प्रहार गरेका छन्।
फिलिपिन्ससँगको खेलमा कुशल भुर्तेल ओपनिङमा आएका थिए। उनले ३२ बल खेलेर ५० रन बनाए। यो उनको पाँचै अन्तर्राष्ट्रिय टी–२० हाल्फ सेन्चुरी हो।
ओमानमा जारी आइसिसी टी-२० विश्वकप छनोटको ग्लोबल छनोटमा नेपालले फिलिपिन्ससँग टस हारेर पहिले ब्याटिङ थालेको थियो।
नेपालले चौंथो ओभरको दोस्रो बलमा कुशल मल्ललाई गुमाएको छ।
फिलिपिन्सका मुझामिल शहजादको बलमा मिग्गी पोडोस्काईले क्याच गरे। यसअघि दोस्रो ओभरको पहिलो बलमा नेपालले आशिफ सेख शून्यमा गुमाएको थियो।