ओमानमा जारी आइसिसी टि-२० विश्वकप छनोटको ग्लोबल छनोटमा दीपेन्द्रसिंह ऐरीले अर्धशतक प्रहार गरेका छन्।
फिलिपिन्ससँगको खेलमा चौथो नम्बरमा ब्याटिङमा आएका उनले ३७ बल खेलेर ५४ रन बनाए। यो उनको तेस्रो अन्तर्राष्ट्रिय टि–२० हाल्फ सेन्चरी हो।
यसअघि खेलमा नेपालका कुशल भुर्तेलले पनि हाल्फ सेन्चुरी प्रहार गरेका छन्। उनले ३२ बलमा ५० रन बनाएका थिए।
ओमानमा जारी आइसिसी टी-२० विश्वकप छनोटको ग्लोबल छनोटमा नेपालले फिलिपिन्ससँग टस हारेर पहिले ब्याटिङ थालेको थियो।
नेपालले चौथो ओभरको दोस्रो बलमा कुशल मल्ललाई गुमाएको छ। फिलिपिन्सका मुझामिल शहजादको बलमा मिग्गी पोडोस्काईले क्याच गरे। यसअघि दोस्रो ओभरको पहिलो बलमा नेपालले आशिफ सेख शून्यमा गुमाएको थियो।
नेपालले १८ ओभरमा १९३ रन बनाएको छ भने २ विकेट गुमाएको छ।