ओमानमा भइरहेको टि-२० विश्वकप क्रिकेट छनोट खेलमा आयोजक ओमानले क्यानडामाथि ९ विकेटको जित हात पारेको छ।
पहिले ब्याटिङ गरेको क्यानडाले ६ विकेट गुमाएर १५५ रन बनाएको थियो।
क्यानडाका लागि रविन्द्र सिंहपालले ३६ बलमा ४६ रन बनाए भने रेय्यन पठानले १४ बलमा २६ रन तथा हम्जा तारिकले १५ बलमा २१ रनको योगदान दिए।
जवाफमा ओमानले १२ बल बाँकी छँदै १ विकेट गुमाएर १५९ रन बनायो। जिसम मक्सुदले ४४ बलमा ७६ रन बनाए भने कश्यप प्रजापतिले ५६ बलमा ७४ रन बनाएर नकआउट रहे।
योसँगै ओमान अंक तालिकाको दोस्रो स्थानमा उक्लियो भने क्यानडा तेस्रोमा पुग्यो। २ खेलमा एक जितेर २ अंक बटुलेका क्यानडा र ओमान सेमिफाइनल पुग्ने आशा जीवितै छ।
क्यानडा र ओमानलाई जितले मात्र नपुगेर अरूको खेलमा भर पर्नुपर्नेछ। तर नेपाल ४ अंकका साथ शीर्षस्थानमा छ जसलाई सेमिफाइनल पुग्न क्यानडालाई हराए पुग्नेछ।
अबका खेलमा ओमानले सोमबार फिलिपिन्ससँग खेल्नेछ भने क्यानडाले नेपालसँग खेल्नेछ।