आइसिसी टी-२० विश्वकप छनोटको सेमिफाइनलमा नेपालविरूद्ध युएईले पहिलो ६ ओभरको पावरप्लेमा १ विकेटको क्षतिमा ५८ रन जोडेको छ।
ओमानको अमेरातमा टस जितेर पहिले ब्याटिङ गरेको युएईका मोहमद वासीमले नटआउट १२ रन र बृत्य अरविन्दले नटआउट ४१ रन जोडिसकेका छन्। अरविन्दले १८ बलमा ४ चौका र ३ छक्का हिर्काइसकेका छन्।
युएईका ओपनिङ ब्याट्सम्यान चिराग सुरीलाई जितेन्द्र मुखियाले ४ रनमा बोल्ड गरेका थिए।
यद्यपी उनले चौथो ओभरमा उनले १८ रन खर्चियो। यो ओभरमा उनले दुई चौका र एक छक्का दिए।
यो खेलको विजेता आगामी अक्टोबरमा अस्ट्रेलियामा हुने टी-२० विश्वकपमा छनोट हुनेछ।