ओमानमा जारी आइसिसी टी-२० विश्वकप छनोटअन्तर्गत सेमिफाइनमा नेपालले युएईको तेस्रो विकेट लिएको छ।
नेपालका लागि अभिनास बोहोराले विकेट लिएका हुन्। उनले युएईका मोहम्मद उस्मानलाई आउट गराएका हुन्।
टस जितेर युएईले ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले बलिङ गरिरहेको छ।
यसअघि नेपालका लागि जितेन्द्र मुखिया र सन्दीप लामिछानेले विकेट लिएका हुन्।
सन्दीपले युएईका लागि २३ बलमा ४६ रन बनाएर खेलिरहेका भ्रित्या अर्बिन्दको विकेट लिएका हुन्।
यस्तै मुखियाले नेपालका लागि पहिलो विकेट लिएका थिए। उनले युएईका चिराग सुरीलाई ४ रनमा बोल्ड आउट गरेका थिए।
युएईविरूद्धको सेमिफाइनल जित्न सके नेपाल टी-२० विश्वकपमा स्थान पक्का गर्नेछ। हारले नेपालको विश्वकप खेल्ने सपना चकनाचुर हुनेछ।