ओमानमा जारी आइसिसी टी-२० विश्वकप छनोटअन्तर्गत सेमिफाइनमा नेपालले युएईको पाँचौ विकेट लिएको छ। नेपालका लागि जितेन्द्र मुखियाले पाँचौ सफलता दिलाएका हुन्।
मुखियाले अठारौं ओभरको पहिलो बलमा युएईका बसिल हमिदलाई आउट गराएका हुन्।
यसअघि उनले नेपाललाई पहिलो सफलता दिलाएका थिए। युएईका ओपनर चिराग सुरीलाई सुरूमा उनले आउट गराएका थिए।
मुखियासँगै अभिनास बोहोराले २ तथा सन्दीप लामिछानेले १ विकेट लिएका छन्।
युएईले १८ औं ओभरमा ५ विकेट गुमाउँदै १५० रन बनाएको छ।