ओमानमा जारी आइसिसी टी-२० विश्वकप छनोटअन्तर्गत सेमिफाइनमा नेपालले युएईको सातौं विकेट लिएको छ। नेपालका लागि अभिनास बोहोराले व्यक्तिगत तेस्रो विकेट लिएका हुन्।
उनले १९ ओभरको पाँचौ बलमा कासिफ दाउदलाई आउट गराए।
यसअघि अभिनासले मोहम्मद उस्मान र मोहम्मद वासिमको विकेट लिएका थिए।
अभिनाससँगै जितेन्द्र मुखियाले पनि नेपालका लागि ३ विकेट लिएका छन्। सन्दीप लामिछानेले १ विकेट हात पारे।