आयरल्यान्ड र युएई आगामी अक्टोबरमा अस्ट्रेलियामा हुने आइसिसी टी-२० विश्वकपमा छनोट भएका छन्।
मंगलबार ओमानमा भएको महत्वपूर्ण खेलमा जित हात पारेपछि दुवै टिम विश्वकपमा छनोट भएका हुन्।
ओमानमा भएको विश्वकप छनोटको सेमिफाइनलमा युएईले नेपाललाई ६८ रनले हराएर विश्वकपमा स्थान पक्का गरेको हो।
अर्को सेमिफाइनलमा आयरल्यान्डले घरेलु टिम ओमानलाई ५६ रनले पराजित गरेर विश्वकपमा स्थान पक्का गर्यो।
यसपटकको टी-२० विश्वकपमा आगामी अक्टोबरमा अस्ट्रेलियामा आयोजना हुँदैछ।
अस्ट्रेलियामा हुने विश्वकपमा १६ टिमबीच प्रतिस्पर्धा हुनेछ। १४ टिमको स्थान पक्का भइसकेको अवस्थामा बाँकी दुई टिमका लागि विश्व छनोट हुने बाँकी छ।
२०२२ टी–२० विश्वकप
आयोजक - अस्ट्रेलिया
आइसिसी टी-२० विश्वकप २०२१ को सुपर १२ मा पुगेका- ११ टिम (अफगानिस्तान, बंगलादेश, इंग्ल्यान्ड, भारत, नामिबिया, न्युजिल्यान्ड, पाकिस्तान, स्कटल्यान्ड, दक्षिण अफ्रिका, श्रीलंका र वेस्ट इन्डिज)
ओमानमा जारी विश्व छनोट समूह ए – युएई र आयरल्यान्ड
विश्व छनोट समूह बी - २ टिम
जम्मा- १६ टिम