ललितपुर मेयर महिला टी–ट्वान्टी क्रिकेट च्याम्पियनशीपमा सशस्त्र प्रहरी बल (एपिएफ)ले लगातार तेस्रो जित दर्ता गरेको छ।
शुक्रबार त्रिवि मैदान कीर्तिपुरमा भएको खेलमा एपिएफले ललितपुर मेयर्स-११ लाई ७ विकेटले पराजित गर्यो।
पहिले ब्याटिङ गरेको ललितपुरले ५ विकेट क्षतिमा ८० जोड्यो।
उसका लागि सुमन खतिवडाले ३० रन जोड्दा आरति बिडारीले नटआउट २१ रन जोडिन्।
८१ रनको लक्ष्य एपिएफले ३ विकेटको क्षतिमा १३ ओभरमा पूरा गर्यो।
एपिएफका लागि ओपनिङ ब्याटर ज्योती पाण्डेले नटआउट ५६ रन जोडिन्। उनले ४५ बलमा ११ चौका प्रहार गरिन्। रोमा थापाले नटआउट ११ रन जोडिन्।
एपिएफले ६ अंक जोडेको छ।