ललितपुर मेयर महिला टी-२० क्रिकेट च्याम्पियनसिपमा ललितपुर मेयर्स-११ माथि प्रदेश एकले जित हात पारेको छ। फाइनल पुग्न बन्चित भएको प्रदेश एकले जितसहित तेस्रो स्थान हात पारेको छ।
त्रिवि मैदान कीर्तिपुरमा भएको खेलमा प्रदेश एकले ललितपुरलाई २२ रनले पराजित गर्यो। पहिले ब्याटिङ गरेको प्रदेश एकले ६ विकेटको क्षतिमा ११९ रन जोड्यो।
उसका लागि काजल श्रेष्ठले ४४ रन र कप्तान रुबिना क्षेत्रीले ३९ रन जोडे। दुईबीच पहिलो विकेटका लागि ९७ रनको साझेदारी भाएको थियो।
बलिङमा ललितपुरकी खुसी डंगोलले दुई विकेट लिइन्।
१२० रनको लक्ष्य पछ्याएको लुम्बिनीले एक बल खेल्न बाँकी छदा ९७ रनमा अलआउट भयो। ललितपुरका लागि सुमन खतिवाडाले ४४ रन जोडे पनि जितका लागि पर्याप्त हुन सकेन।
बलिङमा प्रदेश एककी अलिसा खडियाले तीन विकेट र सबनम राईले दुई विकेट लिए।
प्रतियोगिताको उपाधिका लागि सोमबार एपिएफ र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुनेछ।