ललितपुर मेयर महिला टी–ट्वान्टी क्रिकेट च्याम्पियनसिपमा सशस्त्र प्रहरी बलको एपिएफ अपराजित रहन सफल भएको छ।
यसअघि नै फाइनलमा पुगेको एपिएफले समूह चरणको अन्तिम खेलमा लुम्बिनी प्रदेशलाई १० विकेटको फराकिलो अन्तरले पराजित गर्यो।
पहिले ब्याटिङ गरेको लुम्बिनीले ६ विकेटको क्षतिमा ४४ रन मात्र जोड्न सक्यो।
लुम्बिनीका लागि नेरी थापाले सबैभन्दा बढी नटआउट १५ रन जोडिन्। उनले ४२ बल खेल्दा कुनै बाउन्ड्री प्रहार गर्न सकिनन्।
४५ रनको लक्ष्य एपिएफले ६.४ ओभरले विना विकेटको क्षतिमा पार गर्यो। एपिएफका लागि ज्योती पाण्डेले नटआउट २२ रन र सीता रानामगरले नटआउट १७ रन जोड्यो।
अब उपाधिका लागि एपिएफले भोलि सोमबार सुदूपश्चिम प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ।
समूह चरणमा एपिएफले चार खेलमा जित निकाल्दा सूदूपश्चिम तीन खेलमा विजयी भयो।