नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनिङ ब्याट्सम्यान कुशल भुर्तेल आइसिसी टी-२० ब्याट्सम्यानको वरीयतामा फेरि माथि उक्लिएका छन्।
यसअघि ३९ औं स्थानमा रहेका कुशल बुधबारको वरीयतामा ३१औं स्थानमा छन्।
कुशलले न्युजिल्यान्डका केन विलियमसन, पाकिस्तानका फखर जमान, इंग्ल्यान्डका जोनी बार्यस्टो र अस्ट्रेलियाका डेभिड वार्नर जस्ता खेलाडीलाई पछि पारेका छन्।
विलियमसन ४४औं, फखर ३९औं, वार्नर ४८ औं र वार्यस्टो ३७औं स्थानमा छन्। शीर्ष स्थानमा पकिस्तानका बाबर अजाम र दोस्रो स्थानमा पाकिस्तानकै मोहमद रिजवान छन्।
यस्तै दीपेन्द्रसिंह ऐरी ५०औं स्थानमा रहेका छन्। यसअघि पनि उनी ५०औं स्थानमै थिए।
बलरको वरीयतामा नेपालका कप्तान सन्दीप लामिछानेले पनि ६ स्थान सुधार गरेका छन्। सन्दीप ३६ औं स्थानमा छन्। यसअघि सन्दीप १६ स्थान माथि उक्लिएर ४३ स्थानमा आइपुगेका थिए।
सन्दीपले इंग्ल्यान्डका मार्क उड, अस्ट्रेलियाका पाट कमिङ्ग्स, मिचेल स्टार्क र दक्षिण अफ्रिकाका कागिसो रबाडलाई पछि पारेका छन्।
स्टार्क ४५, उड ४८, कमिङ्ग्स ५१ र रबाडा ५२ स्थानमा छन्।
यस्तै नेपाल अर्का बलर वरीयतामा अभिनास बोहराले पनि चार स्थान सुधार गरेका छन्। उनी ८२औं स्थानमा छन्। यसअघि उनी १२ स्थान माथि उक्लिदै ८६ औं स्थानमा रहेका थिए।