नेपाली राष्ट्रिय क्रिकेट टिममा घरेलु मैदानमा एकदिवसीय र टी-२० सिरिज खेल्ने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) का अनुसार पपुवा न्युगिनीसँग दुई खेलको एकदिवसीय सिरिज हुने पक्का भएको हो।
यस्तै नेपाल, मलेसिया र पपुवा न्युगिनीबीच टी-२० सिरिज हुने पनि तय भएको छ। दुवै सिरिज त्रिवि मैदान कीर्तिपुरमा हुने क्यानले जनाएको छ।
पपुवा न्युगिनीसँग मार्च २५ र २६ मा (चैत ११ र १२ गते) एकदिवसीय खेल हुनेछ।
यस्तै टी-२० सिरिज २८ मार्चमा सुरु भएर ४ अप्रिलमा सकिनेछ।
त्यसअघि नेपालले आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत युएई र पपुवा न्युगिनीविरूद्धको त्रिकोणात्मक सिरिज खेल्नेछ। सिरिज युएईमा चैत २ गते सुरु हुनेछ।
यससँगै नेपालले चैत महिनामा तीन वटा अन्तर्राष्ट्रिय सिरिज खेल्नेछ। हाल नेपाली टिम लिग-२ को तायरीका लागि श्रीलंकामा रहेको छ। नेपाल श्रीलंकाबाटै युएई जाने कार्यक्रम छ।
नेपालले चैतमा खेल्ने सिरिज
नेपाल, युएई र पपुवा न्युगिनीबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज - चैत २ देखि ८ गतेसम्म युएईमा हुने
नेपाल र पपुवा न्युगिनबीचको एकदिवसीय सिरिज - चैत ११ र १२ गतेसम्म काठमाडौंमा हुने
नेपाल, मलेसिया र पपुव न्युगिनीबीचको टी-२० सिरिज - चैत १४ देखि २१ गतेसम्म काठमाडौंमा हुने