आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत पपुवा न्युगिनी र युएईविरूद्ध हुने त्रिकोणात्मक सिरिजको तयारीका लागि श्रीलंकामा रहेको नेपालले अभ्यास खेलमा लगातार दोस्रो जित हात पारेको छ।
मंगलबार भएको खेलमा नेपालले श्रीलंकन नाभीलाई ८१ रनले पराजित गर्यो।
पहिले ब्याटिङ गरेको नेपाल ४३.४ ओभरमा १९६ रनमा अलआउट भयो। नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ६३ रनको योगदान गरे।
ज्ञानेन्द्र मल्ल १ रन, कुशल भुर्तेल ३ रन, रोहितकुमार पौडेल ८ रन, विनोद भण्डारी २ रन, पवन सर्राफ २२ रन, विवेक कुमकार यादव २६ रन, विक्रम शोब १ रन, भीम सार्की २८ रन र सागर ढकाल ८ रनमा आउट भए। कप्तान सन्दीप लामिछानेले नटआउट १४ रन बटुले।
१९७ रनको लक्ष्य पछ्याएको श्रीलंकन ३०.५ ओभरमा ११५ रनमा अलआउट भयो। श्रीलंकनलाई सस्तोमा रोक्न नेपालका पवन सर्राफले ३ विकेट लिए। दीपेन्द्रसिंह ऐरीले २ विकेट हात पार्दा सन्दीप लामिछाने, विक्रम शोब र कुशल भुर्तलले १-१ विकेट लिए
अझै एक साता श्रीलंकामा रहने नेपाली टिम उतैबाट १४ मार्चमा युएई जानेछ।
युएईमा हुने त्रिकोणात्मक सिरिजमा नेपालले पहिलो खेल पपुवा न्युगिनीसँग मार्च १६ शारजाहमा प्रतिस्पर्धा गर्नेछ।
नेपालले सिरिजमा दुवै टिमसँग दुई दुई खेल गरी चार एकदिवसीय खेल खेल्नेछ।
लिग-२ मा नेपालले अहिलेसम्म दुई सिरिज खेलिसकेको छ। दुई वर्षअघि नेपालमा भएको सिरिजमा नेपालले ओमान र अमेरिकासँग प्रतिस्पर्धा गरेको थियो।
यस्तै अर्को सिरिज ओमानमा भएको थियो। ओमानमा नेपालले घरेलु टिमसँगै अमेरिकासँग प्रतिस्पर्धा गरेको थियो।
लिग-२ मा नेपालले ८ खेलमा ४ खेलमा जित र ४ खेलमा हार बेहोरेको थियो। ८ अंक जोडेको नेपाल अंक तालिकामा छैटौं स्थानमा छ।
शीर्ष स्थानमा ओमान २३ खेलबाट ३० अंक जोड्दै शीर्ष स्थानमा छ। दोस्रो स्थानमा रहेको स्कटल्यान्डले १२ खेलबाट १६ अंक जोडेको छ।
तेस्रो स्थानको अमेरिकाको १६ खेलबाट १४ अंक र चौथो स्थानको युएईको १० खेलबाट १२ अंक छ।
नामिबिया ९ खेलबाट १० अंक जोडेर पाँचौ स्थानमा छ।
नेपालभन्दा पछि रहेको पपुवा न्युगिनीले १२ खेल खेल्दा अंक जोड्न सकेको छैन।
त्रिकोणात्मक सिरिज खेल तालि का
नेपाल भर्सेस पपुवा न्युगिनी – मार्च १६- शारजाह
नेपाल भर्सेस युएई - मार्च १८- दुबई
नेपाल भर्सेस युएई – मार्च २१- दुबई
नेपाल भर्सेस पपुवा न्युगिनी – मार्च २२- दुबई
नेपा ली टिम
सन्दीप लामिछाने (कप्तान), ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कमलसिंह ऐरी, विवेक यादव, सागर ढकाल, पवन सर्राफ, करण केसी, विनोद भण्डारी, रोहित पौडेल, सोमपाल कामी, विक्रम शोव, भीम सार्की।
टिम अफिसिल्यस
कैलश विष्ट - म्यानेजर, पुबुदु दसानायके (प्रमुख प्रशिक्षक), प्रकाश शर्मा (सहायक प्रशिक्षक), विक्रम न्यौपाने (फिजियो), रमन सिवाकोटी (विश्लेषक), राज शर्मा (ट्रेनर)