नेपाल क्रिकेट संघ (क्यान) ले महिला यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता चैत पहिलो सातादेखि आयोजना गर्ने भएको छ।
क्यानले आगामी चैत ६ देखि हुने प्रतियोगिता कैलालीको धनगढीस्थित फाप्ला मैदानमा हुनेछ। प्रतियोगिता चैत ११ मा सकिनेछ।
प्रतियोगितामा सात प्रदेशका टिमको सहभागिता रहनेछ। जसमा दुई समूहमा भिडन्त हुनेछ।
समूह ‘ए’ मा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र बागमति परेका छन्। समूह ‘बी’ मा मधेश, प्रदेश एक र गण्डकी प्रदेश छन्। पहिलो दिन सुदूरपश्चिम र कर्णालीबीच खेल हुनेछ।
दुवै समूहका शीर्ष टिमबीच फाइनल भिडन्त हुनेछ।