आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत अहिले नेपाल र पपुवा न्युगिनीबीच खेल भइरहेको छ। युएई, पपुवा न्युगिनी र नेपालबीचको यो त्रिकोणात्मक सिरिजमा नेपालले अहिले टस हार पहिले फिल्डिङ गरिरहेको छ।
युएईको शारजाहमा जारी खेलमा नेपालले पपुवा न्युगिनीको चार विकेट लिएको छ। ३६ ओभरमा उसले १२१ रन बनाएको छ।
नेपालका लागि अहिलेसम्म आरिफ शेख, कप्तान सन्दीप लामिछाने र ज्ञानेन्द्र मल्लले विकेट लिएका छन्। आरिफले पपुवा न्युगिनीका ओपनर टोनी उरालाई २७ रनमा आउट गरे। अर्का ओपनर लेगा सिएकालाई सन्दीपले २५ रनमा बोल्ड गरे।
पपुवा न्युगिनीका कप्तान असद भालालाई ज्ञानेन्द्र मल्लले १९ रनमा आउट गरे। ज्ञानेन्द्रले कुशल भुर्तेलबाट क्याच गराएका थिए।
ज्ञानेन्द्रले एकदिवसीय खेलमा पहिलो विकेट लिएका हुन्। उनले एकदिवसीय खेलमा पहिलो पटक बलिङ गरेका हुन्।
ज्ञानेन्द्रले पपुवा न्युगिनीका हिरी हिरीलाई पनि रनआउटको सिकार बनाएका थिए। शून्यमा रनआउट गराउने क्रममा उनले उत्कृष्ट फिल्लिङ गर्दै दिएको बलमा विकेटकिपर विनोद भण्डारीले तीव्र गतिमा स्टम्प ढलाएका थिए।