नेपालले युएईविरूद्ध टस हारेर पहिले फिल्डिङ गर्ने भएको छ।
आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले घरेलु टोली युएईविरूद्ध खेल्न लागेको हो।
सिरिजमा नेपाल र युएई दुवैले यसअघि पपुवा न्युगिनी (पीएनजी) लाई हराइसकेका छन्। त्यसैले दुवै टोली जितको लयलाई कायम राख्ने योजनासहित आजको खेलमा मैदान उत्रिएका छन् ।
नेपालले युएईविरूद्ध टोलीमा एक परिवर्तन गरेको छ। विनोद भण्डारीको ठाउँमा कमलसिंह ऐरीलाई राखिएको छ।
विश्वकप लिग-२: युएईसँग भिड्दै नेपाल, हेड टु हेडमा कुन टिम अघि?
आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल र युएईबीच आज प्रतिस्पर्धा हुँदैछ।
घरेलु टिम युएई, नेपाल र पपुवा न्युगिनीबीचको यो त्रिकोणात्मक सिरिजमा युएई र नेपालले विजयी सुरूवात गरिसकेका छन्। दुवैले पछिल्लो समय खराब फर्मबाट गुज्रिरहेको पपुवा न्युगिनीलाई पराजित गरे।
नेपाल र युएईबीचको खेल दुबईमा विहान सवा ११ बजे सुरू हुनेछ।
दुई टिमबीच एकदिवसीय खेलमा अहिलेसम्म चार खेलमा प्रतिस्पर्धा भएको छ। चार मध्ये दुवै टिमले दुईदुई खेलमा जित निकालेका छन्।
सन् २०१८ मा भएको खेलमा युएईले नेपाललाई ७८ रनले पराजित गरेको थियो। जनावरी २०१९ मा भएको दुई देशबीचको सिरिजको पहिलो खेलमा युएई ३ विकेटले विजयी भएको थियो।
सिरिजको पछिल्ला दुई खेलमा भने नेपाल विजयी हुँदै सिरिज २-१ ले जितेको थियो। नेपालले दोस्रो खेलमा १४५ रन र तेस्रो खेलमा ४ विकेटको जित हात पारेको थियो।
लिग-२ को अंक तालिकामा ओमान शीर्ष स्थानमा छ। ओमानको २८ खेलबाट ३६ अंक छ। युएई अंक तालिकामा दोस्रो स्थानमा छ। उसले १५ खेलबाट १८ अंक जोडेको छ। तेस्रो स्थान झरेको स्कटल्यान्डको १२ खेलबाट १६ अंक छ।
चौथो स्थानको नामिबियाको १४ खेलबाट १४ अंक र पाँचौ स्थानको अमेरिकाको १६ खेलबाट १४ अंक छ। छैटौं स्थानको नेपालले ९ खेलबाट १० अंक जोड्दा पुछारको पपुवा न्युगिनीले १४ खेल खेल्दा अंक जोड्न सकेको छैन।
लिग-२ मा नेपालले आफ्नो तेस्रो सिरिज खेल्न लागेको हो। नौं सिरिजमध्ये दुई सिरिज खेल्दा नेपाल अंक तालिकामा पुछारबाट दोस्रो अर्थात् छैटौं स्थानमा छ।
यसअघि नेपालले अमेरिका र ओमानविरूद्ध दुई सिरिज खेलिसकेको छ। दुवै सिरिजमा नेपालले दुई दुई खेलमा जित हात पारेको थियो भने दुई दुई खेलमा पराजित भएको थियो।
युएईमा सुरू सिरिजमा नेपालले दुवै टिमसँग दुई दुई गरी कुल चार एकदिवसीय खेल खेल्नेछ।
सिरिजमा चार मध्ये तीन खेलमा जित हात पारे नेपाल अंक तालिकामा दुई स्थान माथि उक्लनेछ। दुई खेलमा मात्र जित हात पारेको अवस्थामा भने नेपालको स्थान परिवर्तन हुनेछैन।
सबै खेलमा जित हात पारे नेपाललाई थप फाइदा पुग्नेछ, राम्रो रन रेट भएमा नेपालले स्कटल्यान्डलाई समेत पछि पार्न सक्नेछ।
सिरिजका लागि नेपालले श्रीलंकामा तयारी गरेको थियो। श्रीलंकामा तयारी गर्दा नेपालले त्यहाँको स्थानीय टिमसँग चार अभ्यास खेल खेलेको थियो।
त्रिकोणात्मक सिरिज खेल तालिका
- नेपाल भर्सेस पपुवा न्युगिनी – चैत २ – शारजाह- नेपाल २ विकेटले विजयी
- नेपाल भर्सेस युएई - चैत ४- दुबई
- नेपाल भर्सेस युएई – चैत ७ - दुबई
- नेपाल भर्सेस पपुवा न्युगिनी – चैत ८ - दुबई
नेपाली टिम
सन्दीप लामिछाने (कप्तान), ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कमलसिंह ऐरी, विवेक यादव, सागर ढकाल, पवन सर्राफ, करण केसी, विनोद भण्डारी, रोहित पौडेल, सोमपाल कामी, विक्रम शोव, भीम सार्की।
टिम अफिसिल्यस
कैलश विष्ट - म्यानेजर, पुबुदु दसानायके (प्रमुख प्रशिक्षक), प्रकाश शर्मा (सहायक प्रशिक्षक), विक्रम न्यौपाने (फिजियो), रमन सिवाकोटी (विश्लेषक), राज शर्मा (ट्रेनर)