आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत युएई र पपुवा न्युगिनीविरूद्धको त्रिकोणात्मक सिरिजमा नेपालले आज आफ्नो अन्तिम खेल खेल्दैछ।
नेपालले विहान सवा ११ बजे घरेलु टिम पपुवा न्युगिनीसँग दुबई अन्तर्राष्ट्रिय मैदानमा प्रतिस्पर्धा गर्दैछ।
युएईमा भइरहेको सिरिजको सुरूवाती तीनमध्ये नेपालले एक खेलमा जित र दुई खेलमा हार बेहोर्यो। नेपालले पहिलो खेलमा पपुवा न्युगिनीमाथि २ विकेटको जित निकालेको थियो।
त्यसपछिका दुवै खेलमा नेपाललाई युएईले पराजित गर्यो। खराब ब्याटिङ गर्दा नेपाल पहिलो खेलमा ४८ रन र दोस्रो खेलमा ९९ रनले पराजित भएको थियो।
यो पनि : एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालको इतिहासकै खराब ब्याटिङ
लिग-२ को अंक तालिकामा ओमान शीर्ष स्थानमा छ। ओमानको २८ खेलबाट ३६ अंक छ। युएई अंक तालिकामा दोस्रो स्थानमा छ। उसले १८ खेलबाट २२ अंक जोडेको छ। तेस्रो स्थानको स्कटल्यान्डको १२ खेलबाट १६ अंक छ।
चौथो स्थानको नामिबियाको १४ खेलबाट १४ अंक र पाँचौ स्थानको अमेरिकाको १६ खेलबाट १४ अंक छ। छैटौं स्थानको नेपालले ११ खेलबाट १० अंक जोड्दा पुछारको पपुवा न्युगिनीले १५ खेलबाट २ अंक जोडेको छ।
त्रिकोणात्मक सिरिज खेल तालिका
नेपाल भर्सेस पपुवा न्युगिनी – चैत २ – शारजाह- नेपाल २ विकेटले विजयी
नेपाल भर्सेस युएई - चैत ४- दुबई - नेपाल ४८ रनले पराजित
नेपाल भर्सेस युएई – चैत ७ - दुबई- नेपाल ९९ रनले पराजित
नेपाल भर्सेस पपुवा न्युगिनी – चैत ८ - दुबई