नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनर कुशल भुर्तेलले एकदिवसीय खेलमा दोस्रो अर्धशतक प्रहार गरेका छन्।
मंगलबार पपुवा न्युगिनीविरूद्धको खेलमा कुशलले अर्धशतक प्रहार गरेका हुन्। उनले ६४ बलमा ४ चौका र १ छक्का प्रहार गरे।
कुशलले यसअघि अमेरिकाविरूद्ध ८४ रन प्रहार गरेका थिए।
आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत पपुवा न्युगिनीले १७४ रनको लक्ष्य पछ्याउने क्रममा उनले अर्धशतक प्रहार गरेका हुन्।
नेपालले खेलमा नेपालले दुवै ओपनरसहित दीपेन्द्रसिंह ऐरीलाई गुमाइसकेको छ। कुशल ५० रनमा आउट हुँदा अर्का ओपनर आसिफ शेख २ रनमा आउट भए। दीपेन्द्र डकआउटको सिकार बने।
अहिले आरिफ शेख र रोहित पौडेल ब्याटिङ गरिरहेका छन्। नेपालले २3ओभरमा ३ विकेटको क्षतिमा १०७ रन जोडेको छ। नेपाल अब जितका लागि ६७ रनको आवश्यकता छ।
दुबई अन्तर्राष्ट्रिय रंगशालामा नेपालले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङको निम्तो पाएको पपुवा न्युगिनीले ८ विकेटको क्षतिमा १७३ रन जोड्यो।