नेपालले घरेलु मैदानमा खेल्ने एकदिवसीय र टी-२० सिरिजको लागि छुट्टा-छुट्टै राष्ट्रिय टिम घोषणा गरिएको छ।
नेपाल क्रिकेट संघले दुवै टिमको कप्तानमा सन्दीप लामिछानेलाई निरन्तरता दिएको छ। यस्तै पूर्वकप्तान ज्ञानेन्द्र मल्ल दुवै टिममा पर्न असफल भएका छन्। यस्तै टिममा विकेटकिपर ब्याट्सम्यान विनोद भन्डारी पनि छैनन्।
एकदिवसीय टिममा देव खनाल र टी-२० टिममा अदिल अन्सारीले पहिलो पटक स्थान पाएका छन्।
नेपालले पपुवा न्युगिनीसँग दुई खेलको एकदिवसीय सिरिज खेल्दैछ। लगत्तै नेपाल, मलेसिया र पपुवा न्युगिनीबीच टी-२० सिरिज हुनेछ। दुवै सिरिज त्रिवि मैदान कीर्तिपुरमा हुने क्यानले जनाएको छ।
पपुवा न्युगिनीसँग मार्च २५ र २६ मा (चैत ११ र १२ गते) एकदिवसीय खेल हुनेछ।
यस्तै टी-२० सिरिज २८ मार्चमा सुरु भएर ४ अप्रिलमा सकिनेछ।
नेपालले चैतमा खेल्ने सिरिज
नेपाल र पपुवा न्युगिनबीचको एकदिवसीय सिरिज - चैत ११ र १२ गते
नेपाल, मलेसिया र पपुवा न्युगिनीबीचको टी-२० सिरिज - चैत १४ देखि २१ गतेसम्म