घरेलु टोली दक्षिण अफ्रीकाविरूद्धको तीन खेलको एकदिवसीय सिरिज बंगलादेशले जितेको छ।
बंगलादेशले तेस्रो तथा अन्तिम खेलमा घरेलु टोली दक्षिण अफ्रिकालाई ९ विकेटले हराएको हो। यो सँगै दक्षिण अफ्रिकाले तीन ओडिआई खेलको सिरिज २–१ ले जितेको हो।
बंगलादेशले दक्षिण अफ्रिकामा पहिलो पटक ओडिआई सिरिज जित्न सफल भएको हो ।
१ सय ५५ रनको सामान्य विजयी लक्ष्य पछ्याएको बंगलादेशले २६.३ ओभरमा मात्र १ विकेट गुमाउँदै पूरा गर्यो। उसका लागि कप्तान तथा ओपनर तमिम इकबाल सर्वाधिक ८७ रनमा अभिजित रहे। उनले ८२ बल खेल्दै १४ चौका प्रहार गरेका थिए।
यस्तै लिटोन दासले ५७ बलमा ८ चौकासहित ४८ रनमा आउट भए। पहिलो विकेटका लागि दास र इकबालले १ सय २७ रनको शतकीय साझेदारी गर्दै टोलीलाई सहज जिततर्फ डोहोर्याएका थिए।
यस्तै सकिब अल हसनले १८ रन जोडे। दक्षिण अफ्रिकाका केशव महाराजले १ विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको घरेलु टोली दक्षिण अफ्रिका ३७ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५४ रन मात्र बनाउन सक्यो।
उसका लागि ओपनर जानेमान मलानले सर्वाधिक ३९ रनको योगदान दिए।
यस्तै केशव महाराज २८, ड्वेन प्रेटोरिस २०, डेविड मिलर १६, क्विन्टन डि कक १२, र अतिरिक्तबाट घरेलु टोलीले १२ रन बनाएको थियो। बाँकी कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
घरेलु टोलीलाई सस्तैमा रोक्न बंगलादेशका तस्किन अहमदले ५ विकेट लिए। सकिब अल हसनले २ विकेट लिए।
यसअघि बंगलादेश पहिलो खेल ३८ रनले जितेको थियो । दोस्रो खेलमा भने घरेलु टोली ७ विकेटले विजयी हुँदै शृंखला बराबर गरेको थियो।
यी दुई देशबीच अब दुई टेस्ट खेलको सिरिज हुनेछ। पहिलो टेस्ट चैत १७ गतेबाट सुरू हुनेछ।