नेपाल र पपुवा न्युगिनीबीचको दुई खेलको एकदिवसीय सिरिज भोलिदेखि सुरु हुँदैछ। पहिलो एकदिवसीय खेल भोलि विहान ९ बजे कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछ।
खेलअघि नेपालका प्रशिक्षक पुबुदु दसानायकेले सिरिज आयोजनामा गरेकोमा धन्यवाद दिए।
‘हामीले आगामी जुनमा अमेरिकासँग आइसिसी क्रिकेट विश्वकप लिग-२ को खेल खेल्दैछ। त्यसका लागि यो सिरिजले सहयोग गर्नेछ,’ उनले भने, ‘अहिले नेपाली टिम बिल्डिङको चरणमा छ।’
नेपालका कप्तान सन्दीप लामिछानेले पपुवा न्युगिनीलाई नेपालमा स्वागत गर्न पाउँदा खुसी लागेको बताए। साथै उनले नेपाली टिमा युवा खेलाडी आइरहेको भन्दै खुसी व्यक्त गरे।
नेपालले पपुवा न्युगिनीविरुद्धको दोस्रो खेल शनिबार खेल्नेछ। त्यसपछि एक दिनको विश्रामपछि नेपाल, मलेसिया र पपुवा न्युगिनीबीचको टी-२० सिरिज हुनेछ।
टी-२० र एकदिवसीय सिरिज
नेपाल र पपुवा न्युगिनबीचको एकदिवसीय सिरिज - चैत ११ र १२ गते
नेपाल, मलेसिया र पपुवा न्युगिनीबीचको टी-२० सिरिज - चैत १४ देखि २१ सम्म
एकदिवसीय टिम
सन्दीप लामिछाने (कप्तान), आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, सागर ढकाल, कमलसिंह ऐरी, अनिल साह, विक्रम शोव, सुसन भारी, रोहित पौडेल, पवन सर्राफ, देव खनाल, गुल्शन झा, भीम सार्की
टी-२० टिम
सन्दीप लामिछाने (कप्तान), आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, सागर ढकाल, कमलसिंह ऐरी, आसिफ शेख, करण केसी, अबिनास बोहरा, विवेक यादव, दिलीप नाथ, लोकेश बम, कुशल मल्ल, आदिल अन्सारी