नेपाल र पपुवा न्युगिनीबीचको दुई खेलको एकदिवसीय सिरिज आजदेखि सुरु हुँदैछ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा केहीबेरमा सुरु हुने पहिलो एकदिवसीयमा नेपालले पपुवा न्युगिनीविरूद्ध टस जितेर पहिले बलिङ गर्ने भएको छ।
नेपाली टिम
सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, देव खनाल (डेब्यू), कुशल भुर्तेल, कमलसिंह ऐरी, सोमपाल कामी, रोहित पौडेल, पवन सर्राफ, आरिफ शेख, भीम सार्की, अनिल साह (विकेटिकपर)।
यसअघि नेपालले आइसिसी विश्वकप क्रिकेट लिग-२ का दुवै खेलमा पपुवा न्युगिनीलाई हराएको थियो।
नेपालले पपुवा न्युगिनीविरुद्धको दोस्रो खेल शनिबार खेल्नेछ। त्यसपछि एक दिनको विश्रामपछि नेपाल, मलेसिया र पपुवा न्युगिनीबीचको टी-२० सिरिज हुनेछ।
टी-२० र एकदिवसीय सिरिज
नेपाल र पपुवा न्युगिनबीचको एकदिवसीय सिरिज - चैत ११ र १२ गते
नेपाल, मलेसिया र पपुवा न्युगिनीबीचको टी-२० सिरिज - चैत १४ देखि २१ सम्म
एकदिवसीय टिम
सन्दीप लामिछाने (कप्तान), आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, सागर ढकाल, कमलसिंह ऐरी, अनिल साह, विक्रम शोव, सुसन भारी, रोहित पौडेल, पवन सर्राफ, देव खनाल, गुल्शन झा, भीम सार्की
टी-२० टिम
सन्दीप लामिछाने (कप्तान), आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, सागर ढकाल, कमलसिंह ऐरी, आसिफ शेख, करण केसी, अबिनास बोहरा, विवेक यादव, दिलीप नाथ, लोकेश बम, कुशल मल्ल, आदिल अन्सारी