एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा रोहितकुमार पौडेल र आरिफ शेखले नेपालका लागि कीर्तिमानी साझेदारी गरेका छन्।
कीर्तिपुरस्थित त्रिवि मैदानमा पपुवा न्युगिनीविरूद्ध पाँचौ विकेटका लागि रोहित र आरिफले १०४ रनको साझेदारी गरेका हुन्। यो नेपालका लागि अहिलेसम्मकै ठूलो साझेदारी हो।
यसअघि रोहित र आरिफकै नाममा ठूलो साझेदारीको कीर्तिमान थियो। अघिल्लो साता उनीहरूले पपुवा न्युगिनीविरूद्ध नै पाँचौ विकेटका लागि सय रनको साझेदारी गरेका थिए।
खेलमा आरिफ ३४ रन बनाएर आउट भएका थिए। पपुवा न्युगिनीले दिएको २९३ रनको लक्ष्य पछ्याउने क्रमामा रोहितले भने ब्याटिङ गरिरहेका छन्।
पाँचौ अर्धशतक बनाएर कीर्तिमान बनाएका रोहितले नेपालका लागि एकदिवसीय खेलमा पाँच सय रन पूरा गर्ने कीर्तिमान समेत बनाएका छन्।