नेपालका युवा ब्याट्सम्यान रोहितकुमार पौडेलले पहिलो एकदिवसीय शतक प्रहार गरेका छन्। पपुवा न्युगिनीविरूद्धको पहिलो एकदिवसीय खेलमा रोहितले आफ्नो करिअरको पहिलो शतक प्रहार गरेका हुन्।
यो नेपालका लागि दोस्रो एकदिवसीय शतक हो। नेपालका लागि पहिलो शतकको कीर्तिमान पूर्वकप्तान पारस खड्काको नाममा छ।
पारसले सन् २०१९ मा युएईविरूद्ध शतक हिर्काउँदै नेपालका लागि पहिलो एकदिवसीय शतकको कीर्तिमान बनाएका थिए। सो खेलमा पारसले ११५ रन प्रहार गरेका थिए।
कीर्तिपुरस्थित त्रिवि मैदानमा पपुवा न्युगिनीविरुद्ध जारी खेलमा रोहितले ९१ बलमा ७ चौका र २ छक्का प्रहार गर्दै शतक पूरा गरे।
पौडेल एकदिवसीय अन्तर्राष्ट्रियमा ५०० रन पूरा गर्ने पहिलो नेपाली ब्याट्सम्यान समेत बने। नेपालका तर्फबाट सर्वाधिक एकदिवसीय रन बनाउने क्रममा रोहितले शुक्रबार पिएनजीविरूद्ध ३८ रन जोड्दै उनले ५०० रनको कोशेढुंगा पूरा गरे।
घरेलु मैदान कीर्तिपुरमा भइरहेको पपुवा न्यूगिनी (पीएनजी) विरुद्ध उनले असद भालाको स्पिनमा चौका प्रहार गर्दै ५०० रन पूरा गरेका हुन्।
उनले १६औं ओडीआईमा यो उपलब्धि हासिल गरेका हुन्। ओडीआईमा उनले ७०.९६ को स्ट्राइक रेटमा रन बनाएका छन्। उनको औषत ३५.५३ छ। उनको एकै ओडीआईमा उच्च रन ८६ हो। उनले १६ वटा ओडीआई खेल्दा एक पटक मात्र डकआउट भएका थिए। त्यसैगरी ६ पटक १० भन्दा कम रनमा आउट भएका छन्।
ज्ञानेन्द्र मल्लले एकदिवसीय खेलमा चार अर्धशतक प्रहार गरेका छन्।मल्लले ओडीआईमा सर्वाधिक अर्धशतक सहित १९ खेलमा ४८० रन बनाएका छन्।
यस्तै १० ओडीआई मात्र खेलेका पारस खड्काले ३१५ रन बनाउँदै तेस्रो सर्वाधिक रन बनाएका छन्।
खेलमा रोहितकुमार पौडेल र आरिफ शेखले नेपालका लागि कीर्तिमानी साझेदारी गरे।
कीर्तिपुरस्थित त्रिवि मैदानमा पपुवा न्युगिनीविरूद्ध पाँचौ विकेटका लागि रोहित र आरिफले १०४ रनको साझेदारी गरेका हुन्। यो नेपालका लागि अहिलेसम्मकै ठूलो साझेदारी हो।
कीर्तिपुरस्थित त्रिवि मैदानमा पपुवा न्युगिनीविरूद्ध पाँचौ विकेटका लागि रोहित र आरिफले १०४ रनको साझेदारी गरेका हुन्। यो नेपालका लागि अहिलेसम्मकै ठूलो साझेदारी हो।
यसअघि रोहित र आरिफकै नाममा ठूलो साझेदारीको कीर्तिमान थियो। अघिल्लो साता उनीहरूले पपुवा न्युगिनीविरूद्ध नै पाँचौ विकेटका लागि सय रनको साझेदारी गरेका थिए।