नेपालका युवा ब्याट्सम्यान रोहितकुमार पौडेलले पहिलो एकदिवसीय शतक प्रहार गरेका छन्। पपुवा न्युगिनीविरूद्धको पहिलो एकदिवसीय खेलमा रोहितले आफ्नो करिअरको पहिलो शतक प्रहार गरेका हुन्।
यो नेपालका लागि दोस्रो एकदिवसीय शतक हो। नेपालका लागि पहिलो शतकको कीर्तिमान पूर्वकप्तान पारस खड्काको नाममा छ।
पारसले सन् २०१९ मा युएईविरूद्ध शतक हिर्काउँदै नेपालका लागि पहिलो एकदिवसीय शतकको कीर्तिमान बनाएका थिए। सो खेलमा पारसले ११५ रन प्रहार गरेका थिए।
कीर्तिपुरस्थित त्रिवि मैदानमा पपुवा न्युगिनीविरुद्ध जारी खेलमा रोहितले ९१ बलमा ७ चौका र २ छक्का प्रहार गर्दै शतक पूरा गरे।