आइसिसी महिला विश्वकपबाट भारत समूह चरणबाट बाहिरिएको छ।
आइतबार भएको समूह चरणको अन्तिम तथा महत्वपूर्ण खेलमा दक्षिण अफ्रिकासँग ३ विकेटले पराजित भएपछि भारत सेमिफाइनलमा पुग्न असफल भयो।
यो खेल जितेको अवस्थामा भारत अन्तिम चारमा पुग्दा वेस्ट इन्डिज बाहिरिन्थ्यो।
पहिले ब्याटिङ गरेको ७ विकेटको क्षतिमा २७४ रन जोडेको थियो। भारतका लागि कप्तान मिताली राजले ६८ रन र शेफाली बर्माले ५३ रन जोडेका थिए।
२७५ रनको लक्ष्य दक्षिण अफ्रिकाले अन्तिम बलमा ७ विकेट गुमाउर पार गर्यो। दक्षिण अफ्रिकाका लागि लाउरा वुलफर्ट सबैभन्दा बढी ८० रन जोडिन्। यस्तै मिग्नन डु प्रेजले नटआउट ५२ रन जोडिन्।
अब सेमिफाइनलमा अस्ट्रेलिया र वेस्ट इन्डिज तथा दक्षिण अफ्रिका र इंग्ल्यान्डबीच खेल हुनेछ। फाइनल आगामी आइतबार हुनेछ।